बि.पि.शर्मा(धमला)
दैलेख ।
यौनको विषयले अहिले मात्र हैन विगतदेखिका धेरै शासकहरू ढलेका उदाहरणहरू देख्न र सुन्न पाइन्छ । सत्तामा वा शासनमा पुग्नका लागि गरिएका युद्ध र द्वन्द्वको ऊर्जाका लागि पनि यौनलाई जोडिएका विषयहरू पनि उत्तिकै शान्र्द्भिक देखिएका छन् । थाहा छैन पूर्व सभामुख हुनुभएका कृष्ण बहादुर महरालाई प्रहरीले कसरी राखेको छ, सोधपुछ कसरी अगाडी बढाएको छ । म दैलेखका छु । मैले रेडियो, टि.भि. अनलाइन मिडिया, पत्रपत्रिका र सामाजिक सञ्जालमा सुनेका कुराहरूलाई व्याख्या र विश्लेषण गर्नु पनि सान्दर्भिक ठानिन । जब कृष्ण बहादुर महरालाई अनुसन्धानका लागि प्रहरीमा लगियो त्यसपछि विभिन्न टिका टिप्पणीहरू बाहिर आएका छन् । स्वयं कृष्ण बहादुर महराले नै भनेका कुराहरू अनलाइनमा देख्न पाइयो । यो विषयमा ठुलो शक्तिको हात रहेको छ । के यो बिषय सत्य होला मनमा कौतुहलता मेरो मात्र हैन धेरैको जागेको छ । या आफुलाई समस्या भएपछि बाह्य शक्तिको हात हो भनेर ओवानो बन्ने प्रचलन पनि धेरै रहेको पाईन्छ ।
यहाँ मैले जोड्न खोजेको यौनको अलि भिन्न चर्चा छ । अनुसन्धानमा रहनुभएका महराको केशले नै कौतुहलतामा ल्याएको हो । म दुर्गममा बसेर पत्रकारिता गर्ने व्यक्ति हुँ धेरै ठुलो विश्लेषण गर्न मेरो क्षमता नपुग्नपनि सक्छ । तैपनि मुलुकमा स्थायी सरकारको सुरुवात भएको छ । विगत र वर्तमानलाई तुलना गर्ने हो भने जनताले भनेजस्तै नभएको होला तर विकासका ढोकाहरू खुलेका छन् । केही विकासहरू परिणाममा देखिने गरी भैसकेका छन् केही प्रक्रियामा छन् । नेपालको दुवै मित्र राष्ट्रहरुसँगको सम्बन्ध उचाइमा पुगेको छ । जसका कारण विकासका धेरै सम्भावनाहरूको ढोका खुलिसकेको छ । चीनका राष्ट्रपति नेपाल आएपछि नेपाल नेपालको बिश्व मानचित्रमा हेरीने व्यवहारमा समेत परिवर्तन आएको देखिन्छ । कतिपय ठूला बिकासका मोडलहरुमा हस्ताक्षर भएको छ । पक्कै पनि आगामी दिनहरुमा यसले पूर्णता पाउनेनै छ । सम्झौता कार्यान्वयन गराउने जिम्मा नेपाल सरकारको हो ।
सरकारले तेल र रेलको कुरा गर्दा विपक्षीहरूले गीत पनि बनाएर हावा कुरा हो भने, तर असम्भव भन्ने कुरा केही पनि हुँदैन रहेछ भन्ने उदाहरण प्रधानमन्त्री के.पी.शर्मा ओलीले पाइपमार्फत नेपालमा तेल भित्राएर देखाई सक्नु भएको छ । मैले पढेको थिएँ, असम्भव भन्ने कुरा त मूर्खको डायरीमा मात्र हुने कुरा हो । कामगर्नसक्ने उर्जाशिल र क्षमतावान देश चलाउने नेता वा घरको मुली किसान किन नहोस, निस्वार्थ भावले काम गर्ने हो भने सबै कुरा सम्भव छ ।
मैले यहाँ यौन लाई ( नाईन्टिन फोउन्टिन) को कुराको सन्दर्भसँग जोडेको छु । हिजो द्वन्द्वताका , विभिन्न नामका आन्दोलन ताका, सत्तामा बसेका बेला होस् वा प्रतिपक्ष भएका बेला होस, सबै पार्टी्भित्र यौनको चर्चा धेरै चलेको थियो, अहिले पनि छ र देखिन्छ, सुनिन्छ ।
वर्तमानमा निकै चर्चा भएको यो विषय फरक हो भन्ने मैले बुझेको छु । नाईन्टिन फोउन्टिनकै यो कहानी अहिले, चित्त र पित्तको कुरा नमिलेकै कारण बाहिर आएको हो भन्नेहरूको मत धेरै छ । मेरो बुझाई पनि यही छ । अर्कोतर्फ रोशनी शाहीको बयान २४ घण्टाभित्र बदलिरहनुले पूर्व सभामुखले भनेझैँ ग्रेन डिजाइनको कुरा पनि हो कि भनेर अहिले अर्को तर्क पेस गर्नेहरू पनि धेरै देखिएका छन् । अर्कोतर्फ अधिकार अलि धेरै भयो कि भनेर चर्चा गर्ने पुरुषहरूको त कुरा छोडौँ महिलाहरूलाई मात्र राखेर जनमत सृजना गर्ने हो भने अधिकार बढी भएको छ, घटाउनुपर्छ भन्ने पक्षमा मतदान हुँदा महिलाहरुले ने अधिकार धेरै भएको छ भन्ने पक्षमा मतदान गर्न सक्ने बातावरण देखिन सुरु हुने अवस्था छ । मैले यो भनिरहँदा महिलाहरूको अधिकारमा धावा बोल्यो भन्ने तर्फ यो कुरा नमोडियोस् किनकि धेरै महिलाहरूले आफ्ना लेखमा उल्लेख नै गर्नुभएको छ । अहिले शब्द चर्चामा आएको छ । नाईन्टिन फोउन्टिनमा आफ्नो मजाका लागि यौनका गतिविधिहरू गर्ने, अहिले आएर बखेडा झिक्ने । “चित्त बुझे सेभ, नत्र रेफ ,” भनेर भन्न थालिएको छ ।
नाईन्टिन फोउन्टिनको विकृति बढ्दै जाने हो भने यसले धेरैलाई फन्दामा पर्ने कुरा निश्चित छ । यदि ग्रेन डिजाइन हो भने त, त्यो डिजाइनरले तपाईँका पूर्व पे्रमिकाहरुको खोजी गरिसकेको रहेछ भन्ने कुरा बुझ्नुहोस, विगत लामो समयदेखि विभिन्न समय केन्द्र सरकार सञ्चालनमा रहनुभएकाहरु , अहिले ७ सय ६१ सरकार चलाएकाहरु सवैका लागि यो विषय यती भयानक भएर आउने देखिएको छ । ग्रेन गर्नेहरुले जुन खालको डिजाइन बनाईदिएपनि त्यसैका पछाडि नबुझेर एकाएक हिलो छेप्ने अवस्था पनि नआउला भन्न सकिँदैन किन कि ग्रेनका पछाडि नबुझेरै अनावश्यक हिलो छ्यापिदिने डिजाइन बनाउने हाम्रो सामाजिक सञ्जाल अहिले भयानक बनिरहेको छ ।
विभेद पण्डित पण्डितहरू बिच पनि छ, गरिब गरिब बिच पनि छ, दलित दलित समुदायबिच पनि विभेद छ, अन्तर जातीय विभेद पनि छ । अधिकार सबैलाई समान छ , विशेष गरेर पिछडिएको समुदायका रूपमा भने महिलाहरूका थुप्रै अधिकारहरू संविधानमै व्यस्था गरिएको छ । यो लेख लेख्दै गर्दा दैलेखको गरिब समुदायकी महिलाहरू दिनरात काममै छन्, गिट्टी कुटेका छन, अर्कोको काममै व्यस्त छन् । उहाँहरूको पीडाको विषय र सरकारले प्रदान गरेको अधिकारको विषयलाई केलाउने हो भने, टाँठाबाँठाहरु र सोझा नागरिकहरू बिच विभेद धेरै बढेको देखिएको छ । महिला अधिकारको पनि टाँठाबाठाहरुले धेरै दुरुपयोग गर्ने काम सुरु भएको हो कि भन्ने भान यदाकदा सुरु भएको देखिन्छ । अनावश्यक विषयहरू उठाउने खतरा बढ्दै गएको हो भने यस्ता बिषयहरुको नियमन, अधिकारको कटौती र भिभिआइपी लगायत सबै तहका सरकारहरूको बारेमा थप चिन्ता गर्ने काम सरकारले गर्नुपर्दछ । ग्रेन डिजाइनकै आधारमा भएका केही प्रमाणहरू अनुसन्धानबाट खुलेका हुन भने त्यसको पछाडि रहेका व्यक्तिहरूलाई पनि हिरासतमै राखेर सरकारले कारबाही थाल्नुपर्ने हुन्छ । सबै तहका सरकार, गन्ने मान्ने, विगतमा सरकार चलाएकाहरु सबै यो बारेमा सचेत हुनु अहिलेको आवश्यकता हो । अहिले कसैलाई यो आरोप लागेको छ, होला तर भोलि तपाईँतिर तेर्सिन केही बेर लाग्ने वाला छैन किन कि ग्रेनडिजाईनको खेल हो भने तपाईँको पाले कपि पक्कै छ ख्याल गर्नुहोला । सचेत रहनुहोला ।
यो विषयलाई वर्तमान नेकपाको सरकार, नयाँ गठबन्धन, अर्को नयाँ शक्तिको रूपान्तरण, यस्ता विषयहरूतर्फ पनि केन्द्रित गराइएको भन्ने विषयहरू पनि यदाकदा नउठेका होईनन यस बारेमा पनि शीर्ष नेता, नेतृत्व र सरकारले अलि बढी ध्यान दिनुपर्ने देखिन्छ । हाम्रो समाजका ठूलावडाहरुले गरेका गल्तीहरूलाई छिमेकी दक्षिण, पश्चिम वा उत्तरसँग जोडेर व्याख्या विश्लेषण गरिदिने प्रचलन अहिलेको मात्र हैन उहिल्यै देखि यस्तै छ ।






